जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिमा हेरफेर

काठमाडौं, असार ३० । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानविन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो ।

जस अनुसार सो समितिमा अव नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ ।

नेपाली कांग्रेसकी सांसद भुसालले बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानवीन गर्न गत असार २२ गते बुधबार सो संसदीय छानवीन विशेष समिति गठन गरिएको थियो ।

समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्