देशका विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौं,  असार ३० ।  देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन्।

हाल काठमाडौं महानगरपालिका-२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो।

डोटी, पुर्वीचौकी गाउँपालिका-३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका-६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन्। शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।

गोरखा, गोरखा नगरपालिका-८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१ शिवचोकस्थित सडक किनारामा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्