एमालेबाट उपसभामुख उम्मेदवारमा विद्या भट्टराईको पनि उम्मेदवारी

काठमाडौं, असार ३० । नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी तय भएको छ। शुक्रबार हुने उपसभामुखको निर्वाचनमा एमालेले भट्टराईको नाम तय गरेको हो।

उपसभामुखमा उम्मेदवारी दर्ता गराउने समय बिहान ११ देखि दिउँसो १ बजेसम्म तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ।

एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले पार्टीबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराईलाई छानिएको जानकारी दिए।

भट्टराई तत्कालीन पर्यटनमन्त्री स्व। रवीन्द्र अधिकारीकी पत्नी हुन्। यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस नेतृ पुष्प भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्