उपसभामुखमा गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ , असार ३० । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबारमा मनोनयन दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।
उपसभामुखको निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्