‘ठूलो बन्न’ र ‘जान्ने हुन’ राजनीतिक दललाई गाली गर्ने चलन बढ्यो : ओली

काठमाडौँ, असार २९ ।    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष  केपी ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले लामो समय संघर्ष र योगदान गरेर परिवर्तन र रुपान्तरण गरेको भन्दै कुनै पनि राजनीतिक दलले सत्तामा पुगेर मानव अधिकार रक्षा गर्न सक्ने उनले बताए ।

गत वैशाखको स्थानीय तह र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै उनले राजनीतिक दलहरूले परिवर्तन गर्नसक्ने बताएका थिए । साथै अहिले दलीय प्रणाली सर्वमान्य व्यवस्था रहेको उनको भनाइ थियो ।

स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ओलीले अहिले ‘ठूलो बन्न’ र ‘जान्ने हुन’ का लागि दलहरूलाई गाली गर्ने चलन रहेको बताए । ‘अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलका नेतालाई गाली गर्नुपर्छ । यो राम्रो हैन । दलहरूको आवश्यकता हिजो पनि थियो । आज पनि छ र भोलि पनि हुन्छ,’ ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्