देउवा सरकारको एक वर्ष : बालुवाटारले सार्वजनिक गर्‍यो ४२ उपलब्धि (सुचिसहित)

काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ ।

बालुवाटारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ ।

साथै केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी लोकतान्त्रिक विधि र पद्धतीमा अघि बढाउन सफल भएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयसम्मका कुराहरु उल्लेख गरिएको छ ।

देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्