कर्णालीका मन्त्री र सांसद काठमाडौंमै व्यस्त , प्रदेशको काम सुस्तायो

काठमाडौं । प्रदेशको नाम र राजधानी तोक्न नम्बर एक बनेको कर्णाली प्रदेश सरकार अहिले भने सुस्ताएको छ ।

प्रदेश कार्यालय व्यवस्थापनदेखि लिएर कर्मचारीको अझै व्यवस्थापन हुन नसकेको बेला मन्त्री र सांसद संघीय राजधानी काठमाण्डौँमा अल्मल्लिरहेका छन् ।

प्रदेशको विकास र समृद्धिका लागि कानून र अन्य आधारहरु तयार गर्ने भन्दै पटक पटक बैठक समेत प्रदेश सरकारले आयोजना ग¥यो । तर, अहिले प्रदेशका अधिकांश मन्त्री र सांसदहरु लामो समय सम्म संघीय राजधानी काठमाण्डौँमा बस्न थालेका हुन् ।

जसका कारण अहिले प्रदेशको नियमित कामले गति लिन सकेको छैन । प्रदेशको विकासको पक्षमा नियमित जुट्नु पर्ने बेला सांसद र मन्त्री केन्द्रका मन्त्री र शीर्ष नेता संग भेटघाटमा व्यस्त छन् ।
प्रदेश सरकार अहिले सांसद र मन्त्री विहिन जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्