उपसभामुखको चुनाव पर्सि ३१ गते, मनोनयन भोलि, मतदान शुक्रबार
काठमाडौं, असार २९ । प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली रहेको छ । शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको हो ।
यसैबचि यता संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ।
उच्च स्रोतका अनुसार आजै उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन्। बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।
संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्।विपक्षी दलका नाताले उपसभामुख पदमा एमालेले स्वाभाविक दाबी गर्ने देखिन्छ।
सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने छैनन्।जसपा, लोसपा, कांग्रेस र एमालेमध्येबाट उपसभामुख चुनिनुपर्ने हुन्छ।
उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले देउवा सरकारले परिषदमा बहुमत पुर्याउन सत्ता गठबन्धनभित्रैबाट उपसभामुख छान्न लागेको हो।
प्रतिनिधि सभाले आजैको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका तय गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।
यस्ताे छ कार्यसूची–
















प्रतिक्रिया दिनुहोस्