राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
काठमाडौँ , असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको हो । यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए ।
यस्तै उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका थिए ।
भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका थिए । गएको आइतवार चार दिने भ्रमणमा आएका लिउ आज स्वदेश फर्किदै छन् ।














प्रतिक्रिया दिनुहोस्