के छ बाबुरामको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौं, असार २८ ।  सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा जारी छ । बैठकमा भट्टराईले पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीति प्रतिवेदन पेस गरेका छन् ।

अध्यक्ष भट्टराईले जसपा पुनर्गठन अनिवार्य र अपरिहार्य आवश्यकता भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । मंगलबारदेखि काठमाडौंको जडीबुटीमा सुरु आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले बहुमत रहे वा नरहे पनि पार्टी पुनर्गठन गर्नुपर्ने औंल्याएका छन् ।

‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पार्टी पुनर्गठन के कसरी गर्ने, यसबारे कुनै ठोस र मूर्त निणर्य गर्ने अधिकार यसै विस्तारित बैठकको हो । तसर्थ, यो विषयमाथि गम्भीर, सघन र विहङगम विचारविमर्श गर्ने र कुनै निणर्यमा पुग्ने कार्यभार यही बैठकसामु छोड्न चाहन्छु’, उनले प्रतिवेदनमा लेखेका छन् । उनले वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूहरूसँग रहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ डा. भट्टराईको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्