बाबुराम भट्टराईकाे दुई प्रस्ताव : नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण ?
काठमाडौं, असार २८ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्पसहितको प्रस्ताव अघि सारेका छन् ।
काठमाडौंको जडिबुटीमा आजबाट शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने कि अरू पार्टीसँग एकता गर्ने भन्ने दुई विकल्पसहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
‘हाम्रासामु दुई विकल्प हुन सक्दछन् । एक-नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई- विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने’, उनको प्रस्तावमा भनिएको छ ।















प्रतिक्रिया दिनुहोस्