केटासँग हाेटल पुगेकी युवती झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं, असार २६ ।  बुटवलको गोलपार्कस्थित गोलपार्क लजमा बुटवलकै एक युवती झुन्डिएकाे अवस्थामा मृत फेला परेकी छन् ।

बुटवल उपमहानगरपालिका ३ स्थित गोलपार्क होटलमा बुटवल पाखापानीकी २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुटवल प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीकाअनुसार ती युवती बिहान मृत फेला परेकी हुन् । यसअघि हिजाे बेलुका उनी एक केटा साथीसँग हाेटल पुगेकी थिइन् ।

‘कपलसँगै गएकाे र बिहान केटीचाहिँ मृत अवस्थामा भेटिएकाे भन्ने छ अहिलेसम्मकाे रिपाेर्टीङ, बाँकी अनुसन्धान भइरहेकाे छ,’ उनले भने ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । युवतीका आफन्त र होटल व्यवसायी इलाका प्रहरी कार्यालय बुटवलमा छलफलका लागि जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्