पाँचदलीय गठबन्धनले संघीय निर्वाचनसम्मै निरन्तरता पाउँछ : माधव नेपाल
काठमाडौं, असार २५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले आगामी संघीय निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै संघ तथा प्रदेशको निर्वाचनसम्म यसले निरन्तरता पाउने बताए ।
उनले स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले सफलता प्राप्त गरेको पनि दाबी गरे । आफ्नो पार्टीले एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत पाएको उनले बताए ।
उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबीसमेत गरे ।
Global bank
उनले गठबन्धन आवश्यकताअनुसार भएपनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेकाे बताए । अबको निर्वाचनमा पनि सोहीअनुसार हुने उको भनाइ छ ।
अध्यक्ष नेपालले निर्वाचनमा आफूहरूमाथि षडयन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, “हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौँ, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।”















प्रतिक्रिया दिनुहोस्