म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु- बालेन

काठमाडौँ , असार २५  । काठमाडौंका मेयर बालेन शाहले आफ्नै तलबबाट र्‍यापर यमबुद्धको शालिक बनाउने बताएका छन् ।

महानगरपालिकाको बजेटबाट र्‍यापर यमबुद्धको शालिक बनाउने कार्यक्रम ल्याएपछि उनको आलोचना भएपछि सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन्- ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ रहोस् ।’

बालेनले र्‍यापर यमबुद्धको शालिक बनाउन १५ लाख बजेट छुट्टयापछि मिडिया र सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

स्थानीय तहहरुले विकासका नाममा भ्यूटावर, स्वागत गेट लगायतका काममा ठुलो बजेट खर्च गरेको भन्दै आलोचना हुदै आएकोमा बालेन पनि शालिक बनाउने तर्फ लागेको भन्दै उनको आलोचना भएको छ ।

यमबुद्धको शालिक बनाउने निर्णयमा वडा अध्यक्षहरु पनि सहमत नभएको देखिएको छ । केहि वडा अध्यक्षहरुले खरीबोटसँग कुरा गर्दै मेयरले एकतर्फी रुपमा यो प्रस्ताव ल्याएको र यस बारेमा कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्