बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि

काठमाडौं, असार २५ । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ।

३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मतले पछ्याइरहेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँरले २१७२ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्।

यो समाचार तयार पार्दासम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ। तीन वटै वडा अध्यक्षमा एमालेले जित निकालेको छ।

वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर ९ मा मीनबहादुर सिंह र वडा नं। १० मा दलबहादुर साउद विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्