नागरिकता सम्बन्धित नयाँ विधेयक छिट्टै ल्याउँछौं : गृहमन्त्री खाँण

काठमाडौं, असार २४ । सरकारले प्रतिनिधिसभा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ।

योसँगै अब फेरि नागरिकता सम्बन्धित नयाँ विधेयक छिट्टै ल्याउने सरकारले तयारी रहेको छ । गृहमन्त्री बालकृष्ण  खाँणले नागरिकता सम्बन्धित नयाँ विधेयक छिट्टै ल्याएर पास गर्न बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् । सरकारले नागरिकता विधेयक फिर्ता लिएपछिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सो कुरा बताएका हुन् ।

नयाँ सहमति गरेर विधेयक सदनमा ल्याउँ भन्ने सरकारको मूल ध्यय रहेको रहेको उनको भनाइ रहेको छ ।  नयाँ विधेयक ल्याउने र त्यसलाई छिटो पास गराउने सरकारको ध्येय भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्