राजा ज्ञानेन्द्रले पढेको वक्तव्य आफैंले ड्राफ्ट गरेको ओली दाबी
काठमाडौं, असार २४ । नेकपा एमाले अध्यक्ष केपी ओलीले २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफैंले लेखेको दाबी गरेका छन्।
शुक्रबार च्यासलमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा ओलीले तत्कालीन समय राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको बताएका हुन्।
सम्बोधनको ड्राफ्ट एमाले केन्द्रीय कार्यालयमा आफैंले तयार गरेको उनको भनाइ छ। ‘एमाले पार्टी कार्यालय बल्खुमा रुद्राक्षको बोटमुनि बसेर तत्कालीन राजाको सम्बोधनको ड्राफ्ट मैले गरेको थिएँ,’ ओलीले भने। आफूले तयार गरेको ड्राफ्ट राजा ज्ञानेन्द्रले हुबहु पढेको उनले बताए।
आफैंले ड्राफ्ट गरेको सम्बोधनको पत्र तत्कालीन राजा ज्ञानेन्द्रले पढेपछि संसद् पुनःस्थापना भएको ठोकुवा उनको छ। सोही ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्