प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट
काठमाडौं,असार २४ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच जङ्गी अड्डामा भेटघाट भएको छ । शुक्रबार शर्मा र श्रीवास्तवबीच भएको हो ।
शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्