सरकारले संसदबाट फिर्ता लियो तीन वर्षदेखि विचाराधीन नागरिकता विधेयक

काठमाडौं, असार २४ । सरकारले प्रतिनिधिसभा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिएका हुन्।

प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएसँगै सरकारले अर्को विधेयक अघि बढाउने भएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

फिर्ता लिइएको यो विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पठाएको थियो।

उक्त प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेकै अवस्थामा सरकारले विधेयक नै फिर्ता लिएको हो।

सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिइएको हो। मन्त्रिपरिषद्को निर्णयानुसार शुक्रबारको प्रतिनिधिसभा बैठकबाट गृहमन्त्री खाँणले यो विधेयक फिर्ता लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्