गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकोको निधन
काठमाडौं, असार २४ । गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार निधन भएको छ।
स्थानीय समयानुसार बिहान साढे ११ बजे छातीमा गोली हानिएपछि ढलेका उनको उपचारका क्रममा केही बेरअघि निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पत्रकारको परिचय दिँदै आएका एक पुरुषले छातीमै ताकेर गोली हानेका थिए।
गोली लागेपछि उनी ढले उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनलाई पछाडिबाट दुईपटक गोली लागेको थियो।
खैरो टी-सर्टमा आएका ४२ वर्षीय पुरुषले आबेमाथि गोली हानेका थिए। गोली प्रहार गरेलगत्तै सुरक्षाकर्मीले ती पुरुषलाई घटनास्थलमै समातेको थियो। आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।
यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्