निर्वाचनमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती

काठमाडौं , असार २४। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनका समयमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारले खर्च गर्ने गरेको भन्दै अनावश्यक रूपमा हुने खर्च रोकिनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनका समयमा पार्टीबाट टिकट लिनेदेखि निर्वाचनसम्म पुग्दा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने बताए । सो किसिमको खर्चको परिपाटीले अहिलेको व्यवस्थामै प्रश्न उठेको र राजनीतिमा युवाको वितृष्णा बढेको उनको भनाइ छ ।

पौडेलले निर्वाचन कानुन र आचारसंहिताको छेकबार भए पनि कार्यान्वयन फितलो नै देखिने गरेको भन्दै अघि भने, ‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन्, त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उमेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ, अहिले त्यो खर्चमा एक दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यति मात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।’

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमाको मापदण्ड एकातिर र खर्च अर्कैतिर देखिएको बताए ।

‘निर्वाचन निकै खर्चिलो हुँदै गए, उमेदवारको खर्च तीव्र गतिमा बढेको छ, आयोगको मापदण्ड एकातिर छ उमेदवारको खर्च अर्कातिर छ कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुप¥यो कि यो खर्च सीमा हटाउनुप¥यो, नत्र त यो हास्यास्पद मात्र भयो ।’

कार्यक्रममा पोलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपालकृष्ण घिमिरेलगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा आआफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्