सीमानामा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सबै चनाखो हुनुपर्छ– प्रधानसेनापति शर्मा

काठमाडौं, असार २३ । प्रधान सेनापति प्रभुराम शर्माले सीमा सुरक्षाको विषयमा सेनाले निरन्तर अध्ययन र अनुसन्धान गरिरहेको बताएका छन् ।

जंगी अड्डामा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षा क्षेत्रहरु’ विषयक सेमिनार समापन गर्दै शर्माले सो कुरा बताएका हुन् ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्न आयोजित सेमिनार समापन गर्दै प्रधान सेनापति शर्माले जटिल समस्या र परिस्थितिमा पनि सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सबै पक्ष चनाखो हुनुपर्ने बताए ।

असार २२ बाट शुरु भएको सेमिनार बिहीबार सकिएको छ । सेमिनारमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको अवस्था, सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरु र सिमानामा हुने अवैध गतिविधि निराकरणका उपायबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्