मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न प्रस्ताव , आयोगले माग्यो १० अर्ब खर्च

काठमाडौं , असार २२ । निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भेटेर २ मंसिरमा निर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ । यसैबीच निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो ।

बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो ।

गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्