आइताबार सार्वजनिक विदा

काठमाडौं , असार २२ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार यही २६ गते आइतबार सो पर्व परेको हुँदा विदा दिने निर्णय भएको जनाएको छ ।

मुस्लिम आयोगको अनुरोधमा सरकारले विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्