प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित , अब कहिले बस्ने भयो त ?

काठमाडौँ , असार २२ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक आज ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने तयारी गरेको थियो ।

सोही कारण बैठक बस्न नसकेको हो । अहिले मन्त्रीहरू अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे एमाले नेताहरूसँगको छलफलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्