रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, ९ जनाको परिचय खुल्यो

काठमाडौं, असार २१ । – रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना भएको थियो ।

कारण नखुले पनि ुब्रेक फेलु भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । आज दुर्घटना भएको गाडी हिजो पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्ररी मर्मत नगरि चलाएकाले आज दुर्घटना भएको सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले बताए

प्रतिक्रिया दिनुहोस्