रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु, २४ जना घाइते
काठमाडौं, असार २१ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
दुर्घटनामा रामेछापको लुभुघाट भन्ने स्थानमा भएको हो। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।
घाइतेमध्ये २१ जनालाई धुनिखेल अस्पताल पठाइएको र गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको हो।















प्रतिक्रिया दिनुहोस्