प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के छ एजेण्डा ?
काठमाडौँ , असार २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।
सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भए पनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो । सोमबार जसपाबाट कृषि तथा पशुपंक्षी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका थिए ।
यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए । सोमबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण र कार्यभार सम्हाल्ने कार्यक्रम हुँदा मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । मंगलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।














प्रतिक्रिया दिनुहोस्