यस्तो छ माओवादी केन्द्रको बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं, असार १९ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ। आइतबार प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गरेका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी लगायतका एजेन्डामा छलफल हुने माओवादीले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी गाउँमा बलियो देखिएको बताएका छन् ।पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो जनाइएको हो ।

गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेपाली कांग्रेसको मत परिणाम हेर्दा सहरको तुलनामा गाउँमा कमजोर देखिएको उल्लेख गरेका छन् ।

यस्तै, नेकपा (एमाले)को मत परिणाममा ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खासै भिन्नता नभएको उनले जनाएका छन् । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको उनले उल्लेख गरेका छन् ।

Global bank
“…कसैले माओवादीको जनमत घटेको प्रचार गर्दैमा आत्तिनुपर्ने अवस्था छैन । कुल मतमा पहिलो चुनावको तुलनामा दोस्रो चुनावको तथ्यांकमा कमी देखिए पनि पहिलेकोभन्दा बढी (२३ स्थानीय तहमा जित हासिल गरेको छ,” प्रतिवेदनमा लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्