थप ५३ जनामा कोरोना संक्रमण पुष्टि , २० जना निको भए
काठमाडौं , असार १९। पछिल्लो २४ घण्टामा देशभर ५३ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुईहजार १२० वटा नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ ।
४७ हजार ४४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८, भक्तपुरमा २ र ललितपुरमा ७ जना संक्रमित देखिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २१५ पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्