भारतले नेपालालाई दियो ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार

काठमाडौं , असार १९ । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो ।

नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गरेका छन् ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता(जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।

यी एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ’क्ष्लमष्ब२ठछ’आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा लिएको छ ।

भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्‍ याउन नेपाल(भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।

यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रुपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्ने र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबीच रहेको अत्यन्त मजबुत विकास साझेदारीको एक हिस्साको रुपमा रहेको उनको भनाइ छ ।

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ । यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने नेपाल सरकारको प्रयासमा भारत सरकारको सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्