कर्णाली प्रिमियर लिग टी–२० क्रिकेट वैशाखमा
काठमाडौं । आउँदो वैशाखमा सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बन्धु विकास सहकारी संस्था सुर्खेतको आयोजनामा वैशाख ४ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सहकारीका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक रेशम शाहीका अनुसार राष्ट्रिय स्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेश स्तरीय टिमका साथै तीन वटा विभागीय टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा विजेता हुनेले नगद ३ लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ५० हजारसहित ट्रफि पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्