माओवादी केन्द्रीय कमिटी बैठक : यी हुन् ९ एजेन्डा

काठमाडौं, असार १९ ।  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा बसेको हो ।

बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल भइरहेकोे बताइएको छ ।
यस्तै, माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकका ९ वटा एजेन्डाहरू प्रस्तुत गरेको छ ।
बैठकमा प्रस्तुत ९ एजेन्डा
१. सहिदप्रति श्रद्धाञ्जली
२. केन्द्रीय सदस्यको शपथ
३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्जार्जले (१० मिनेटको समय)
५. इन्जार्जको रिपोर्टिङ (१० मिनेटको समय)
६. संगठनात्मक
क. पोलिटब्युरो, स्थायी समिति गठन
ख. कार्यविभाजन र संरचनाबारे
७. स्थानीय तहको समीक्षा
८. आगामी निर्वाचनबारे
९. विविध

प्रतिक्रिया दिनुहोस्