चुनावमा अन्तरघातीलाई कारबाही हुन्छ : प्रचण्ड

काठमाडौँ , असार १९ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरिने छन् ।

उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।

आज ९आइतबार० देखि राजधानीमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए । उनले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको पनि बताएका छन् ।

यस्तै कमलादीस्थित जारी वैठकका एजेन्डामा केन्द्रीय समितिका नयाँ सदस्यको सपथग्रहण, बैठक सञ्चालन पक्रियाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट जानकारी, प्रदेशहरुका तर्फबाट रिपोर्टिङ रहेका छन् ।

यस्तै, अध्यक्ष प्रण्डबाट वर्तमान परिस्थितिबारे रिपोर्ट पेश र संगठनात्मक विषय प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ । स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने प्रचण्डले बैठकलाई जानकारी गराएका छन् ।

पदाधिकारी टुङ्गो लगाउने सम्भावना कम

माओवादी केन्द्रको आजको बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् ।माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो ।

हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।

अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्