एमाले सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ , असार १९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज  बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताएका छन् ।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्