आईजीपी नियुक्तविरुद्धको मुद्दा: संयुक्त इजलासमा आज चौथो सुनुवाइ हुँदै

काठमाडौँ , असार १९। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा आज संयुक्त सुनुवाइ हुँदैछ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो ।

संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ । मन्त्रिपरिषद् वैठकले वैशाख १८ गते धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निणर्य गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी विवादसँगै राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ सकिएको छ । एआईजी बढुवाविरुद्ध पूर्व डिआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए ।

जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवाविरुद्धको रिटका प्रत्यर्थी धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेस गर्न आदेश गरेका थिए ।
घनश्याम अर्यालसहित तीन डिआईजीले अहिलेका आईजीपी धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई वरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्