अशोक राईलाई फकाउदै बाबुराम र उपेन्द्र, श्रीमतीलाई मन्त्री बनाउने अफर !

काठमाडौं, असार १८ । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेताहरु तानतानको अवस्था सिर्जना भएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद संयोजक डा। बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने बाटो तय भएपछि अब कसरी अलग हुने भन्ने विषयमा दुवै पक्ष छलफलमा रहेका छन् ।

यसैक्रममा अध्यक्ष यादवले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् भने भट्टराई पक्षले त्यसको विरोध गरेको छ ।

अहिले जसपामा यादव पक्ष बहुमतमा रहेको देखिएको छ । अध्यक्ष यादवले जसपाका वरिष्ठ नेता अशोक राईलाई आफ्नो पक्षमा राख्ने प्रयास शुरु गरेको बताइएको छ ।यादवले राइलाई आफ्नो पक्षमा पार्न उनकी श्रीमती सुशीला श्रेष्ठलाई मन्त्री बनाउने अफर दिएको जसपा वृतमा अहिले चर्चा चलिरहेको छ ।

सांसद नरहेकी श्रेष्ठलाई मन्त्री बनाएर यादवले राइलाई आफ्नो पक्षमा पारेमा डा। भट्टराई थप कमजोर हुने यादव पक्षको आकलन रहेको छ ।

अहिले जसपाको समीकरणमा राई निर्णायक देखिएको बताइएको छ । राईले यादवलाई साथ दिएमा डा। भट्टराईको कार्यकारिणी र संसदीय दल दुवैमा ४० प्रतिशत नपुग्ने देखिएको छ ।

यसैबीच डा। भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । बाबुरामले प्रचण्डलाई भेट्नुमा दुई प्रमुख कारण रहेको ब्याख्या गरिएको छ । पहिलो प्रचण्डले पछिल्लो समयमा बताउदै आएको पूर्व माओवादीहरुको एकता र दोस्रो डा। भट्टराईलाई सजिलो हुने गरि राजनीतिक दल बिभाजनको अध्यादेश ।

प्रतिक्रिया दिनुहोस्