एमाले सचिवालय बैठक आइतबारबाट, चुनावी रणनीति बनाइने

काठमाडौं, असार १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्