अब स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई पाँच वर्ष जेल सजाय
काठमाडौं, असार १७ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक (पहिलो शंसोधन) २०७९ र औषधि विधेयक (तेस्रो संशोधन) २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकले यी दुई विधेयक पारित गरेको हो ।
विधेयक पारित भएसँगै अब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई बढीमा पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था कायम भएको छ ।















प्रतिक्रिया दिनुहोस्