अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद
काठमाडौं, असार १७ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन्।
शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।
शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग पनि भेटवार्ता गरेका छन्।
उनले यही मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरिसकेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शर्माले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उपसहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि संवाद गरेका छन्।
यो भेटमा नेपाल र अमेरिकाबीच सैनिक सहकार्य तथा पारस्परिक सम्बन्ध र हितबारे छलफल भएको थियो।
सेनापति शर्मा शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमणमा निस्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्