भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु, थुप्रै अलपत्र

काठमाडौं, असार १७ । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसै गरी अन्यको खोजी जारी छ।

कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुरसहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताइएको छ ।

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्