थप ५५ जनामा कोरोना संक्रमण, २ सय ८० सक्रिय संक्रमित

काठमाडौं, असार १६ नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्