एकता तयारी लम्बिँदै , कार्यदललाई १० चैतसम्मको समयसीमा

काठमाडौं । एमाले–माओवादी एकता तयारीका लागि गठित दुई कार्यदलको समयसीमा थपिएको छ । एकता तयारी लम्बिँदै गएपछि दुवै कार्यदललाई १० चैतसम्मको समयसीमा दिइएको हो । कार्यदलका कतिपय सदस्य मन्त्री बनेकाले एकता गृहकार्य प्रभावित भएको छ ।

एकता गृहकार्यका लागि १० फागुनमा अन्तरिम विधान र संगठन तथा अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदल गठन भएको थियो । २५ फागुनसम्म प्रतिवेदन बुझाउन समय दिइएको थयो ।यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्