लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई

काठमाडौँ, १५ असार (रासस) : लीलाध्वज थापा सहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा–व्याकरण एवम् अनुसन्धान क्षेत्रमा विशेष योगदान गर्नु भएका शर्माको योगदानको उच्च मुल्यांकन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले वताउनुभयो ।

सम्मान तथा पुरस्कार यही असार १७ गते प्रदान गरिने छ । लीलाध्वज थापा जीवन काव्य,विजयध्वज थापा व्यक्ति तथा कृति र रहस्य गहिरो छ मुक्तक सङ्ग्रह समेत विमोचन गरिने छ ।

नेपाली भाषा साहित्यका क्षेत्रमा करिब छ दशकदेखि विशिष्ट योगदान पु¥याउँदै आउनुभएका शर्माले कविता–काव्य, निवन्ध, समालोचना, सम्पादन ,अनुसन्धान , पाठ्यपुस्तक लेखन, शव्दकोष निर्माण लगायत विविध विधाका कृतिहरू प्रकाशन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्