घनश्यामले प्रचण्डलाई जवाफ दिँदै भने- माओवादीको बिउ अब उम्रिदैन
काठमाडौं, असार १५ । नेकपा एमालेका नेता घनश्याम भुसालले रैथाने बिउले आजको आवश्यकता पूरा गर्न नसक्ने बताएका छन्। कम्युनिष्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले रैथाने बिउले आजको आवश्यकता पूरा गर्न नसक्ने बताउँदै अब हाइब्रिड बनाउनुपर्ने बताएका हुन्।
आज मात्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेर भनेका थिए। उनले त्यसकाे जवाफ फर्काउँदै भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन। माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ‘ अब यी उम्रिदैनन्।’
उनले अघि भने, ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन। हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं। हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं। बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ। जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ।’















प्रतिक्रिया दिनुहोस्