हामी समाजवादी क्रान्ति र रुपान्तरणको यात्रामा छौं : झलनाथ खनाल
काठमाडौँ , असार १४ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीका कारण छदाखाँदाको एकीकृत पार्टी फुटेको आरोप लगाएका छन् ।
उनले पार्टी फुटेकै कारण देश गलत दिशामा गएको बताउँदै तत्कालीन नेकपाका सिङ्गो पार्टीपंत्तिले पीडा खेप्नु परेको बताए ।
राजधानीमा जारी एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठकलाई आज (मंगलबार) सम्बोधन गर्दै नेता खनालले भने, ‘केपी ओलीकै कारण धेरै कुरा अघि बढ्न सकेनन् । उनकै कारण सिंगो पार्टी पंक्तिले पीडा लियो ।’ उनले अहिलेको एमाले नवौँ महाधिवेशन अघिको पार्टी नरहेको दाबी गरे ।
उनले एकीकृत समाजवादी क्रान्तिकारी रुपमा अघि बढेको बताए । खनालले वैज्ञानिक समाजवादमा जानुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले भने, ‘क्रान्तिकारी पार्टीको रुपमा हामी यो पार्टीलाई अघि बढाउन पर्छ । अहंकारवादलगायतका तमाम चिजले समस्या भएको छ ।
वैज्ञानिक समाजवादका लागि हामीले सोच्नु पर्छ । हाम्रा स्वतन्त्र नीति, आत्मसात गर्ने यात्रा आवश्यक पर्छ । संयुक्त मोर्चाबाट मात्र पार्टी बन्दैन । हामी समाजवादी क्रान्ति र रुपान्तरण को यात्रामा छौं ।’















प्रतिक्रिया दिनुहोस्