थप ४४ जनामा कोरोना संक्रमण, २ सय २९ आइसोलेसनमा

काठमाडौँ , असार १४ । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् ।

हाल नेपालमा २ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्