वामदेवको नयाँ पार्टी : ६९ सदस्यीय केन्द्रीय कमिटी, डिबी कार्की सचिव

काठमाडौँ , असार १४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहने छ ।

पार्टीको ६९ सदस्यीय केन्द्रीय कमिटी रहने पाण्डेले जानकारी दिएका छन् । पार्टीको संयोजकमा वामदेव रहने छन् । सचिवमा डिबी कार्की रहने जनाइएको छ ।

वामदेवको एकता अभियानमा निर्वाचनमा आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी दल र दर्ताको प्रक्रियामा रहेका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सम्मिलित भएका छन् । यस्तै नयाँ पार्टीले तीन महिनासम्म एकता अभियान चलाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्