मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ , असार १२ । क्यानडा र ओन्टारियो क्रिकेट टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।
क्यानडा भ्रमणअन्तर्गत ओन्टारियोस्थित किङ्ग सिटीमा असार १७ देखि सुरु हुने एकदिवसीय सिरिजका लागि नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो ।
नेपाल क्रिकेट संघ क्यानले आज १४ सिरिजका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । जसमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, विकेटकिपर आशिफ शेख र विनोद भण्डारी रहेका छन् ।
त्यसैगरी कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, देव खनाल, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो तथा पवन सराफको नाम समावेश गरिएको छ ।
आइतबार सार्वजनिक संशोधित खेल तालिकाअनुसार नेपाल र ओन्टारियोबीच असार १७ गते अभ्यास खेल हुनेछ । असार २० गते नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ । सोही समयमा दुई देशबीचको दोस्रो एकदिवसीय खेल भने असार २० गते हुनेछ ।
यसपश्चात् स्कटल्याण्डमा हुने विश्वकप लिग २ मा नेपालले नामिबिया र घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा भाग लिन अमेरिका पुगेको नेपाली टोली उतैबाट मैत्रीपूर्ण खेलको लागि क्यानडा भ्रमणमा गएको हो ।
प्रतिक्रिया दिनुहोस्