फेरि सार्वजनिक यातायातको भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)
काठमाडौँ, असार १२ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो ।
यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।
घटेको भाडाको सूची
प्रतिक्रिया दिनुहोस्